Connect IPS
IME Life

प्रभु महालक्ष्मीको कुल बीमा शुल्क आर्जन २ अर्ब, बीमा कोषमा साढे ८ अर्ब संचिति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८० /८१को दोश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।

४ अर्ब २९ करोड शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा १७ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १२ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ३६.१० प्रतिशतले वृद्धि भएको हो ।

Prabhu
Crest

चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म कम्पनीको महाविपत्ती कोषमा ८ करोड ३० लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा ६६ करोड ८६ लाख रुपैयाँ रहेको छ । त्यस्तै, आर्थिक वर्ष २०७९ /८०को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषमा ७ अर्ब ३२ करोड रहेको थियो । गत आर्थिक वर्षको असारमसान्तको तुलनामा पुष मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषको आकार १६.३३ प्रतिशतले वृद्धि भएर ८ अर्ब ५१ करोड पुगेको छ ।

पुष मसान्तसम्ममा कम्पनीले २ अर्ब ३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ९६.५७ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीले यस अवधिमा १ अर्ब ९९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ९८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १०२.३८ प्रतिशतले वृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले २३ करोड ८ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ७० लाख रुपैयाँ खर्चिएको थियो ।

कम्पनीको प्रतिशेयर आम्दानी ८.२१ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १२०.१० रुपैयाँ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS