Connect IPS
IME Life

नागरिक लगानी कोषको नाफा रु. ५४.६० करोड, जगेडा कोषमा ५९.१९% को छलाङ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नागरिक लगानी कोष (सीआईटी)ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिसम्म कोषले ५४ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कोषले ५१ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा कोषको नाफा ६.३८ प्रतिशतले बढेको छ।

Prabhu
Crest

समीक्षा अवधिसम्म कोषको ब्याज आम्दानी पनि ८.०७ प्रतिशतले बढेर २२ करोड ९५ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म कोषको ब्याज आम्दानी २१ करोड २४ लाख रुपैयाँ थियो। यो ६ महिनामा कोषले सेवा शुल्क तथा कमिसनबापत ६८ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो आम्दानी ६१ करोड ९ लाख रुपैयाँ थियो।

चुक्तापुँजी ५ अर्ब ३१ करोड रुपैयाँ रहेको कोषको जगेडा कोषको आकार ५९.१९ प्रतिशतले बढेर २४ अर्ब ४१ करोड ५४ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिमा कोषको जगेडामा १५ अर्ब ३३ करोड ७२ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म कोषको कुल लगानी २ खर्ब ३५ अर्ब रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिसम्म कोषको कुल लगानी २ खर्ब ३१ अर्ब रुपैयाँ थियो।

कोषको प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेर २०.५५ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म ईपीएस २४.१५ रुपैयाँ थियो। कोषको प्रतिसेयर नेटवर्थ १६५.०८ रुपैयाँ रहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS