काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८० /८१ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । ५२ करोड ५० लाख रुपैयाँ शेयर पूँजी भएको कम्पनीले यस अवधिमा ३ लाख २ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
यस अवधिमा कम्पनीले ६६ लाख ३४ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस कम्पनीले यस अवधिसम्ममा १३ लाख १३ हजार पुनर्बीमा मार्फत खर्चिएको छ । कम्पनीले समिक्षा अवधिमा ५३ लाख २० हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीको संचिती जगेडा कोषमा १८ लाख ५३ हजार रहेको छ ।
आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्ममा कम्पनीको महाविपत्ती कोषमा १ लाख ९२ हजार रहेको थियो । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २ लाख २३ हजार रहेको छ । समिक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषमा ३८ लाख ८३ हजार रुपैयाँ रहेको छ ।
प्रकाशित विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी १२ पैसा रहेको छ ।