काठमाडौं । माघ २५ गते बिहिबार नेप्से परिसूचक २०९६.३२ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ५.६८ अंकले बढेको छ।
३ अर्ब २१ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ ।
ब्रोकर नम्बर ५८ बाट ३३ करोड ४७ लाखको कारोबार भएको छ जसमा १६ करोड ८५ लाखको खरीद छ भने १६ करोड ६१ लाखको विक्री छ ।
त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४२ बाट १३ करोड ४३ लाखको खरीद छ भने १५ करोड ८ लाखको विक्री छ । आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये १ ब्रोकरले खरिद धेरै गरेको छ भने ४ले विक्री धेरै गरेका छन् ।