काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २९ गते नवौं वार्षिक साधारण सभा गर्ने भएको छ । माघ २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल उग्रचण्डी, बनेपा, काभ्रेपलाञ्चोकमा दिउँसो २ बजे सभा गर्ने निर्णय गरेको हो । यस वर्ष पनि कम्पनीले लाभांश वितरण नगर्ने भएको छ ।
सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै एक वा एक भन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमा जाने प्रयोजनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।