Connect IPS
IME Life

बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका चौधरीसहित तीनैजना रिहा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हडपेको आरोपमा पक्राउ परेका उद्योगपति अरुणकुमार चौधरीसहित ३ जना बुधबार रिहा भएका छन्। उनीहरु हाजिर जमानीमा रिहा भएका हुन्।

यो प्रकरणमा नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गत माघ १८ गते चौधरीसहित बाँसबारी छाला जुत्ता कारखानाका कार्यकारी अध्यक्ष अजिनारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सीका सञ्चालक सञ्जय ठाकुरलाई पक्राउ गरेको थियो। तर, जिल्ला अदालत काठमाडौंले २५ दिनभित्र नै हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको भन्दै थप बुझ्नुपर्ने भए २ दिनभित्र बाँकी काम सम्पन्न गर्न आदेश दिएको थियो।

Prabhu
Crest

अदालतको यो आदेशपछि चौधरी, थापा र ठाकुरलाई प्रहरीले रिहा गरेको हो।

चौधरीलाई पक्राउ परेलगत्तै ‘स्वास्थ्यमा समस्या देखिएको’ भन्दै चिरायू अस्पताल भर्ना गरिएको थियो। सोही रात त्यहाँबाट उनलाई रिफर गरी ग्रान्डी अस्पताल सारिएको थियो।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS