काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८० /८१ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । ५२ अर्ब ५० करोड रुपैयाँ शेयर पूँजी भएको कम्पनीले यस अवधिमा ९ लाख ५६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
यस अवधिमा कम्पनीले ४१ लाख ७३२ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस कम्पनीले यस अवधिसम्ममा ३६ लाख ६२ हजार पुनर्बीमा मार्फत खर्चिएको छ । कम्पनीले समिक्षा अवधिमा ४ लाख ६९ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीको संचिती जगेडा कोषमा २१ लाख १२ हजार रहेको छ ।
आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्ममा कम्पनीको महाविपत्ती कोषमा २ लाख ३१ हजार रहेको थियो । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २ लाख ७९ हजार रहेको छ । समिक्षा अवधिमा कम्पनीको बीमा कोषमा १ करोड २५ लाख ३४ हजार रुपैयाँ रहेको छ ।
प्रकाशित विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी १८ पैसा रहेको छ ।