Connect IPS
IME Life

कर सुधार प्रकृयामा सहयात्रीको भूमिका निर्वाह गर्न आह्वान

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आन्तरिक राजस्व विभागका नवनियुक्त महानिर्देशक भुपाल बरालले कर सुधार प्रक्रियामा सहयात्रीको भूमिका निर्वाह गर्न सारोकारवाला सबैलाई आह्वान गरेको छ।

नवनियुक्त महानिर्देशक बरालले एक सन्देश जारी गर्दै यस्तो आह्वान गरेका हुन्। उपलब्ध सूचना प्रविधि प्रणालीहरुको अधिकतम उपयोग तथा समुचित पृष्ठपोषण गरी सुधार प्रक्रियाका सहयात्रीको भूमिकाका लागि कर्मचारी, करदाता तथा सरोकारवाला सबैमा उनले आग्रह गरेका छन्। ‘हामी सबै ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय अभियानमा हातेमालो गरी अघि बढौँ’, उनले भनेका छन्।

Prabhu
Crest

आन्तरिक राजस्व विभाग आफ्नो संगठन संरचनाको सञ्जालीकरण, दक्ष र उत्प्रेरित जनशक्ति, अत्याधुनिक सूचना प्रविधिको प्रयोगमार्फत गुणस्तरीय सेवा प्रवाह गरी आन्तरिक राजस्व परिचालन गर्ने अग्रणी सार्वजनिक संस्थाका रुपमा स्थापित बरालको सन्देशमा भनिएको छ। ‘विभागले आफ्नो लक्ष्य र उद्देश्यअनुसारका सेवा आमनागरिक र सरोकारवालालाई कम समय, लागत र मितव्ययी तथा पहुँचयोग्य रुपमा प्रवाह गर्दै आएको छ’, सन्देशमा भनिएको छ, ‘यस कार्यमा आमसरोकारवालाको निरन्तर सहयोग र सहकार्यका कारण कर सहभागिताको स्तर अभिवृद्धि भएको छ।’

मुलुकभर आर्थिक गतिविधि केन्द्रित व्यापारिक केन्द्रमा सञ्चालनमा ल्याइएका ८४ कार्यालयहरु (१ ठूला करदाता कार्यालय, १ मध्यमस्तरीय करदाता कार्यालय, ४३ आन्तरिक राजस्व कार्यालय र ३९ करदाता सेवा कार्यालय) मार्फत करदातालाई अधिकतम पायक पर्ने नजिकको स्थानबाट कर प्रशासनसम्बन्धी सेवा सुलभ र सरल तरिकाले निरन्तर रुपमा प्रवाह गरिएको सन्देशमा उल्लेख छ। ‘कोभिड–१९ को कारणले सिर्जित चुनौतिलाई अवसरका रुपमा उपयोग गर्दै विभागले अनलाइनमार्फत सेवा प्रवाहलाई सघन बनाई कार्यालयमा भौतिक उपस्थितिलाई उल्लेख्य रुपमा घटाउन सफल भएको छ’, सन्देशमा भनिएको छ, ‘करदाताले अनलाइनबाटै स्थायी लेखा नम्बर प्राप्त गर्न, आय विवरण तथा कर विवरण पेस गर्न, कर रकम भुक्तानी गर्नका साथै आवश्यकतानुसार आफ्नो विवरण हेर्न सक्ने गरी प्रणाली प्रयोगमा ल्याइएको छ।’

नेपाल सरकारले लिएको डिजिटल नेपालको संकल्पलाई साकार पार्न विभागले कार्यप्रक्रिया सरलीकरण, अनलाइन सेवाको विस्तार एवं स्वचालित सेवा प्रवाहलाई दृढताका साथ अगाडि बढाएको सन्देशमा उल्लेख छ। ‘यस सन्दर्भमा विभागले सरोकारवाला सरकारी तथा अन्य निकायहरुसँग प्रणाली अन्तरआवद्धता गरी गुणस्तरीय सेवा प्रवाहमा नेतृत्वदायी भूमिकामा आफूलाई स्थापित गर्दै आएको छ’, सन्देशमा भनिएको छ, ‘यस कुरालाई विभागले गत वर्ष प्राप्त गरेको डिजिटल गभर्नेन्स आईसिटी अवार्ड २०२० र हालै प्राप्त गरेको डिजिटल गभर्नेन्स अवार्ड विधाको ‘२०२१ एसोसियो आईसीटी अवार्ड’ नामक अन्तर्राष्ट्रिय अवार्डले पनि पुष्टि गरेको छ।’

‘हाम्रा करसम्बन्धी कानुनले स्वयं कर निर्धारणलाई आधारभूत रुपमा स्वीकार गरेको छ। करदाता सहजीकरण र करदाता सन्तुष्टिलाई विभागले उच्च प्राथमिकता दिँदै आएको छ। कराधार विस्तार, कर्मचारी तालिम तथा करदाता शिक्षाको माध्यमबाट कर संकलनमा बढोत्तरी गरी आर्थिक विकास तथा समृद्धिमा योगदान पुर्याउने अभियानमा हामी प्रतिबद्ध छौं’, सन्देशमा भनिएको छ, ‘सरोकारवाला पक्षहरुसँग सहकार्य एवं समन्वय गर्दै सुधारिएका सेवा प्रवाहसाथ सुशासनका अभ्यासलाई अवलम्बन गर्न विभाग क्रियाशील रहिआएको छ।’

दसौँ राष्ट्रिय कर दिवस २०७८ को ‘स्वेच्छिक कर सहभागितामा अभिवृद्धिः सुशासन, विकास र समृद्धि’ नाराले करको दायरामा आउन तथा यथार्थ रुपमा कर दाखिला गर्न थप उत्प्रेरित गराउने र विकास तथा आर्थिक समृद्धि हासिल गराउनेतर्फ अग्रसर गराएको सन्देशमा भनिएको छ। ‘सूचना प्रविधि प्रणालीको विकास तथा त्यसको अधिकतम उपयोग गरी सरल, छरितो तथा सुलभ सेवा प्रवाहको उद्देश्य प्राप्तिका लागि इन्टरनेटमा आधारित प्रणालीमार्फत संसारको जुनसुकै कुनाबाट सेवा प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ’, सन्देशमा उल्लेख छ, ‘यस व्यवस्थाले अन्ततः देशको विकास तथा समृद्धिमा उल्लेख्य योगदान पुर्याउने कुरामा विश्वस्त हुन सकिन्छ।’

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS