Connect IPS
IME Life

बैंकिङ प्रणालीबाट एकैपटक रु. ४० अर्ब तान्दै राष्ट्र बैंक, आज बोलकबोल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले लगातार आज मंगलबार (माघ २३ गते) बैंकिङ प्रणालीबाट एकैपटक ४० अर्ब रुपैयाँ निक्षेप तान्ने भएको छ।

केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आज फेरि बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ।

Prabhu
Crest

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। यो १४ दिने निक्षेप संकलन उपकरणको फागुन ८ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

माघमा यो सातौँ पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै राष्ट्र बैंकले बजारमा पैसा तान्न लागेको हो। यसअघि केन्द्रीय बैंकले माघ १८ गते २० अर्ब रुपैयाँ, माघ १७ गते ३० अर्ब रुपैयाँ, माघ १६ गते २० अर्ब रुपैयाँ, माघ ९ गते ३० अर्ब रुपैयाँ, माघ ४ गते २० अर्ब रुपैयाँ र माघ ३ गते ३० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिचेको थियो।

त्यस्तै राष्ट्र बैंकले पुसमा १० पटक र मंसिरमा ८ पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट पैसा तानेको थियो। जसअनुसार पुसमा केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट कुल २ खर्ब १५ अर्ब रुपैयाँ र मंसिरमा १ खर्ब २५ अर्ब रुपैयाँ तानेको थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS