Connect IPS
IME Life

शिक्षामा थप गुणस्तर वृद्धि गर्न ‘मेयरसँग विद्यार्थी’ कार्यक्रम सञ्चालनः प्रमुख रेनु दाहाल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरका विद्यालयहरुको शिक्षामा थप गुणस्तर वृद्धि गर्न ‘मेयरसँग विद्यार्थी’ कार्यक्रम सञ्चालनमा ल्याइएको बताएकी छिन् । शनिबार सहिद स्मृति माध्यमिक विद्यालय भरतपुर ६ को ५६ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै प्रमुख दाहालले कार्यक्रममा जनप्रतिनिधिसँग विद्यार्थीले विना कुनै मध्यम आफ्नो समस्या राख्ने पाउने व्यवस्था मिलाएको बताएकी हुन् ।

‘महानगरपालिकाले प्राविधिक शिक्षालाई जोड दिएकै छ, उनले भनिन,‘जनप्रतिनिधिहरु विद्यार्थीसँग समस्याबारे प्रत्यक्ष साक्षत्कार गर्ने छौ । घोक्नते विद्यालाई हटाउन व्यवहारिक शिक्षालाई जोड दिएका हौ । यो कार्यान्वनको चरणमा छ।’

Prabhu
Crest

प्रमुख दाहालले भरतपुरका विद्यालयको भौतिक पूर्वाधार निर्माणको कार्य करिब करिब सकिएकाले अब रचनात्मक कार्यमा विद्यार्थीलाई प्रेरित गरेको धारणा राखिन् ।

शुक्रबारका दिन विद्यालयमा अध्ययन बाहेक हाजिरी जवाफ प्रतियोगिता, वक्तित्वकला, सरसफाईलगायतका अन्य गतिविधि गर्न ‘बुक फ्रि’ बनाइएको जानकारी दिइन् ।

प्रमुख दाहालले ‘मेयरसँग विद्यार्थी’ कार्यक्रम भरतपुरका सबै विद्यालयमा सञ्चालन हुने पनि स्पष्ट पारिन् ।

‘भरतपुर २७ को जानकी माविबाट कार्यक्रमको शुभारम्भ गरेका छौ,उउनले भनिन,‘अब क्रमैसँग महानगरका प्रमुख, उपप्रमुख तथा जनप्रतिनिधिहरु विद्यालय पुग्ने तालिका छ । विद्यार्थीका समस्या सुनेर तत्काल समधान खोज्ने काम पनि हुन्छ।’

विद्यार्थीलाई पढाई बाहेक अन्य गतिविधिमा पनि अघि बढाउन विद्यालयस्तरीय मेयर कप क्रिकेट लिग हुन लागेको बताइन् । भरतपुरको खेलकुद विकासका लागि यहाँकै खेलाडीको मुख्य भूमिका हुने भएकाले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्न यो लिगले महत्वपूर्ण हुने प्रमुख दाहालको भनाइ छ ।

लिगमा भरतपुरका सामुदायिक तथा निजी विद्यालयको २० टिमको सहभागिता रहने छ । ३ महिनासम्म चल्ने लिगले लुकेका प्रतिभालाई उजार्ग गर्ने अपेक्षा लिइएको छ । यही माघ २६ गतेबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने खेल विद्यार्थीका लागि तालिम पनि हुने बताइएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS