काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश नदिने भएको छ। कम्पनीको माघ १८ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० मा लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
कम्पनीको बैठकले २०७९/ २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गरी आर्थिक वर्ष २०८० असार मसान्तसम्मको वितरणयोग्य मुनाफालाई संचिती गरी आथिृक वर्ष २०७९ /८० को लागि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
साथै, संचालक समितिबाट पारित आर्थिक वर्ष २०७९/ ८० को वित्तीय विवरणहरु साधारण सभा प्रयोजनका लागि प्रकाशन गर्न नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो । राष्ट्र बैंकबाट उक्त प्रस्ताव स्वीकृती भई आएपछि कम्पनीको साधारण सभाको बाटो खुल्नेछ ।
1706846929636