IME Life
GBIME

नेशनल लाइफको लुम्बिनी लक्जरी टुर र रानीमहल भ्रमण सम्पन्न

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेशनल लाइफको लुम्विनी लक्जरी टुर र रानीमहल भ्रमण सम्पन्न भएको छ । कम्पनीको मासिक योजना अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुको उत्साहजनक उपस्थितीमा कम्पनीले लुम्विनी लक्जरी टुर अन्तर्गत नेपालको प्रसिद्ध स्थल लुम्विनी र पाल्पाको रानी महल भ्रमण गराएको हो ।

कम्पनीका विभागिय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुखहरु र देशै भरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल हुनुभएका करिब ४०० जना भन्दा बढि बरिष्ठ अभिकर्ताहरुले कार्यक्रममा सहभागिता जनाएका थिए । सो अवसरमा कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत स्मृतीराज कँडेलको सभापतित्वमा सम्मान कार्यक्रमको आयोजना गरी उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई सम्मान तथा प्रमाण पत्र प्रदान गरिएको थियोे ।

Crest

उप प्रमुख कार्यकारी अधिकृत स्मृती राज कँडलले यस्ता भ्रमण कार्यक्रमबाट देशका विभिन्न क्षेत्रका अभिकर्ताहरु बिच एक आपसमा अन्तरक्रिया पनि हुने र मनोरञ्जन पनि प्राप्त हुनुका साथै अभिकर्ता समूहको दक्षता अभिबृद्धिमा समेत प्रत्यक्ष लाभ पू-याउने भएको हुँदा कम्पनीले यस प्रकारको अभिकर्ता योजना ल्याएको र अभिकर्ताहरुको उत्साहजनक उपस्थितीले योजना अत्यन्तै सफल भएको महशुस गरिएको बताए ।

कार्यक्रममा सहभागि हरुलाई धन्यवाद ज्ञापन गर्दै बजार विभाग प्रमुख विवेक शर्माले तोकिएको व्यवसायिक लक्ष्य पुरा गर्दै कम्पनीलाई बीमा बजारमा अग्र स्थानमा पु-याउनका लागि अभिकर्ताहरुको अत्यन्तै महत्वपूर्ण भूमिका हुने भएको हुँदा अभिकर्ता समूहको सल्लाह सुझावमा नै कम्पनीले योजना जारी गर्ने बताए ।

एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले संचालन गरेकोे सो कार्यक्रमका सहभागि अभिकर्ताहरुले नेपालको प्रसिद्ध स्थल लुम्विनी र पाल्पाको ऐतिहासिक रानीमहल भ्रमण गर्ने अवसर प्रदान गरेकोमा कम्पनी प्रति हार्दिक आभार व्यक्त गरेका थिए ।

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS