काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार नेप्से परिसूचक भारी अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३० दशलमव ९२ अंकले घटेर २,०६७ को विन्दुमा कायम भएको छ । आज फाइनान्स उपसूचक बाहेक सबै उपसूचक घटेका छन् । आज १९ कम्पनीको शेयर मुल्य बढेको छ भने २२६ कम्पनीको घटेको छ ।
आज ३०९ कम्पनीको १ करोड १५ लाख १४ हजार ५७१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १८ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको ५४ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नाङी ग्रुप पावरको १४ करोड ९१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमाको १४ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै समाज लघुवित्तका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशमलव १० प्रतिशतका दरले कमाएका हुन् । रावा इनर्जीका लगानीकर्ताले ३ दशमलव ८३ प्रतिशतका दरले कमाएका छन् । सनराइज बैंक डिबेञ्चरका इकाईधनीले ३ दशलमव ५० प्रतिशतका दरले कमाएका छन् । दोल्ती पावरका लगानीकर्ताले २ दशलमव ९६ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सामलिङ पावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ४२ प्रतिशतका दरले गुमाएका छन् । मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले ६ दशलमव ८८ प्रतिशतका दरले गुमाएका हुन् ।