Connect IPS
IME Life

आरम्भ चौतारी लघुवित्तको नाफा १ करोड २४ लाख, अन्य वित्तीय सूचक कस्ता ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले १ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा ३९.३६ प्रतिशतले कमी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १२ दशमलव २० प्रतिशतले घटेको छ भने कुल सञ्चालन आम्दानी ९.०८ प्रतिशतले घटेको छ। त्यस्तै, लघुवित्तको सञ्चालन मुनाफा ३९.४६ प्रतिशतले घटेको छ।

Prabhu
Crest

पुस मसान्तसम्ममा लघुवित्तको वितरण योग्य मुनाफा २ करोड ४६ लाख रुपैयाँ रहेको छ। ३६ करोड ७१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १३ करोड ९६ लाख रुपैयाँ सञ्चित छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा लघुवित्त निक्षेप तथा सापटी १० दशमलव ७९ प्रतिशतले गिरावट आएको छ । कर्जा लगानी पनि ७ दशमलव १९ प्रतिशतले घटेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ४४ पैसा घटेर ६ रुपैयाँ ८० पैसा रहेको छ। यस अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ३९ पैसा रहेको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS