काठमाडौं । बैंकिङ्ग प्रणालीमा एकै दिन २ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार शनिबारसम्म ६१ खर्ब ३४ अर्ब रहेको निक्षेप आइतबारसम्म ६१ खर्ब ३६ अर्ब पुगेको हो ।
त्यस्तै, शनिबारसम्म कर्जा प्रवाह ५० खर्ब ७८ अर्ब रहेकोमा आइतबार ५० खर्ब ८१ अर्ब पुगेको हो । एकै दिनमा कर्जा प्रवाह ३ अर्बले वृद्धि भएको छ ।
सिडी रेशियो बढ्दै ८०.४८ प्रतिशत कायम भएको छ भने अन्तर बैंक ब्याजदर २.८६ प्रतिशत छ।