Connect IPS
IME Life

स्पोर्टस अवार्डका विजेतालाई युनाइटेड अजोडले खेलकुद बीमा गरिदिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा माघ २८ गते हुने स्पोर्टस अवार्ड( खेलाडी सम् ) कार्यक्रममा विजेतालाई यूनाइटेड अजोड इन्स्योरेन्सले निःशुल्क खेलाडी बीमालेख दिने भएको छ। यूनाइटेड अजोड इन्स्योरेन्स र मञ्चबीच म‌ंगलबार माघ २८ गते आयोजना हुने कार्यक्रममा सम्मानित हुने नौ विधामध्ये ८ विधाका खेलाडी प्रशिक्षकको लागि १ वर्षे अवधिको निःशुल्क बीमा गर्ने सहमति पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र युनाइटेड अजोडका प्रमुख कार्यकारी अधिकृत श्रवण रावलले हस्ताक्षर सहित आदान प्रदान गरेका हुन् । नौवटा विधामा पुरस्कृत गर्न लागिएकोमा एशियन स्पोर्टस जर्नालिस्ट अवार्डबाहेकका आठ विधाका विजेता खेलाडीलाई युनाइटेड अजोडले बीमालेख जारी गरिदिने भएको हो । स्पोर्टस अवार्डका लागि युनाइटेड अजोड यसै वर्ष इन्स्योरेन्स पार्टनरको रूपमा पनि आबद्ध भएको मञ्चले जनाएको छ ।

Prabhu
Crest

नेपाल बीमा प्राधिकरणले खेलाडीका लागि लक्षित गर्दै गत मंसिर १३ गते खेलकुद बीमालेख सार्वजनिक गरेको थियो । यो बीमालेख अन्तर्गत प्रति व्यक्ति सात लाख रुपैयाँ बीमाङ्कको दुर्घटना बीमालेख जारी गर्न सकिने सुविधा छ।

स्पोर्ट्स अवार्ड २०७९ मा वर्षका उत्कृष्ट पुरुष, महिला र युवा खेलाडी तथा प्रशिक्षक विधाको मनोनयन सार्वजनिक हुन बाँकी छ । पारा एथलिट सम्मान्, स्पेशल अवार्ड,  लाइफटाइम एचिभमेन्ट अवार्ड र एशियन स्पोर्ट्स जर्नालिस्ट विधाको विजेताको मनोनित खेलाडीको घोषणा माघ २८ गते हुनेछ ।

पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ । पिपल्स च्वाइसमा फुटबलका अनन्त तामाङ, करातेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ मनोनयनमा परेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS