काठमाडौं । लगातार तेस्रो दिन आज नेप्से दोहोरो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक १४ दशमलव ८८ अंकले बढेर २,११९ को विन्दुमा कायम भएको छ । आज १५२ कम्पनीको शेयर मुल्य बढेको छ भने ८५ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै चन्द्रगिराी हिल्स, समाज लघुवित्त वित्तीय संस्था र रावा इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सिनर्जी पावर कम्पनीका लगानीकतार््ले ८ दशलमव ७२ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै मिड सोलु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशलमव ३५ प्रतिशतका दरले गुमाएका हुन् ।