काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १० दशमलव २६ अंकले बढेर २,१०४ को विन्दुमा कायम भएको छ । आज १५० कम्पनीको शेयर मुल्य बढेको छ भने ८६ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावरका लगानीकताएले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । अरुण भ्याली हाइड्रोपावरका लगानकिर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । मिड सोलु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै गरिमा डिबेञ्चर २०८५ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले १० प्रतिशतका दरले गुमाएका हुन् ।