काठमाडौं । नेप्से परिसूचक र कारोबार आज दुवै बढेको छ। नेप्से आज १०.२६ अंकले बढेर २१०४.७२ को विन्दुमा बन्द भएको छ।
बढेको बजारमा आज साढे ४ अर्ब रुपैयाँ माथिको कारोबार भएको छ। आज १५० कम्पनीको शेयरभाउ बढ्दा ८६ वटाको घटेको छ भने ११ वटाको स्थिर रहेको छ।
आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
यी हुन् आज उच्च कारोबार भएका १० कम्पनी
- हिमालयन रिइन्स्योरेन्सः ६० करोड १६ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः २३ करोड ८३ लाख रुपैयाँ
- हाथवे इन्भेस्टमेन्टः १२ करोड ८७ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः ११ करोड ५ लाख रुपैयाँ
- नेपाल पुनर्बीमा कम्पनीः ९ करोड ९० लाख रुपैयाँ
- अपी पावरः ९ करोड ७८ लाख रुपैयाँ
- युनियन हाइड्रोपावरः ८ करोड ५४ लाख रुपैयाँ
- सोनापुर मिनरल्सः ८ करोड ३९ लाख रुपैयाँ
- युनाइटेड मोदी हाइड्रोपावरः ८ करोड ३७ लाख रुपैयाँ
- हिमालयन डिस्टिलरीः ७ करोड ९३ लाख रुपैयाँ