काठमाडौं । नाडा र एशियाली विकास बैंकका पदाधिकारीहरुबीच विभिन्न विषयहरुमा छलफल भएको छ । नाडाको सचिवालय टेकुमा विभिन्न विषयहरुमा छलफल भएको हो । नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा भएको छलफलमा नेपालमा अटोमोवाइल बजारको सम्भाव्यता, विद्युतिय सवारी साधनहरुको व्यवसायमा देखिएका चुनौतीहरु र त्यसका विषयमा पाठयक्रम बनाई कसरी अगाडी बढने भन्ने विषयमा छलफल भएको हो ।
साथै, यसै विषयमा अर्को पटक छलफल गर्ने तय समेत गरिएको नाडाले जनाएको छ। उक्त बैठकमा सो प्रोजेक्टकातर्फबाट डा.सुमित पोखरेल, चन्दन सापकोटा रुपक शर्मा तथा कृष्ण पाठकको उपस्थिति थियो ।
त्यसैगरी सो छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया र सहकोषाध्यक्ष पंकज अग्रवालको उपस्थिति थियो ।