काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । नेप्सेमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र अरुण भ्याली हाइड्रोपावरको शेयर मूल्य नेप्सेमा समायोजन भएको हो ।
रिलायबल नेपालको १६ प्रतिशत बोनश शेयरपछि मुल्य समायोजन गरेको हो । समायोजन पछि कम्पनीको शेयर मूल्य ४९७ रुपैयाँ ८४ पैसा कायम भएको छ । कम्पनीको आइतबार अन्तिम कारोबार मुल्य ५ सय ७७ रुपैयाँ ५० पैसाको आधारमा मुल्य समायोजन गरेको हो ।
त्यस्तै, अरुण भ्यालीको १०० प्रतिशत हकप्रद शेयरपछिको शेयर मुल्य समायोजन गरेको हो । समायोजन पछि कम्पनीको शेयर मूल्य १९० रुपैयाँ १० पैसा कायम भएको छ । कम्पनीको आइतबार अन्तिम कारोबार २८० रुपैयाँ २० पैसाको आधारमा मुल्य समायोजन गरेको हो ।