काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १० दशलमव ३७ अंकले बढेर २,०९४ को विन्दुमा काय भएको छ । आज १७३ कम्पनीको शेयर मुल्य बढेको छ भने ७० कम्पनीको मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै मिड सोलु हाइड्रोपावर र माथिल्लो मौलुङ खोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सामलिङ पावर कम्पनीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । हाथवे इन्भेष्टमेन्ट कम्पनीका लगानीकर्ताले ८ दशलमव ७३ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै चन्द्रागिरी हिल्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ८६ प्रतिशतका दरले गुमाएका हुन् ।