काठमाडौं । अनावश्यक खर्चहरुलाइ घटाइ जन्म दिन, बैवाहिक दिन, विभिन्न उत्सवहरुमा बीमा पोलिसि खरिद गर्ने र उपाहार स्वरुप प्रदान गर्ने क्रम पछिल्लो समय बढदै गएको छ । यसैक्रममा ललितपुर १४ विसालचोक निवासी विशाल हाङखिम राई र भोजपुर निवासी एमिका राईले वैवाहिक जीवनको सुरुवात गरेको अवसरमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स बाट रु ५० लाख प्राणघातक रोग विरुद्ध रक्षावरण सुविधा सहितको समृद्ध जीवन बीमा योजना लिएका हुन ।
बीमा पोलिसि खरिद गर्ने राइ दम्पतिलाइ बैवाहिक जीवनको सफलताको शुभकामना सहित पाटन शाखाले स्वागत कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बरिष्ठ एजेन्सी म्यानेजर विजय कुमार राई, एजेन्सी म्यानेजर राजेन्द्र श्रेष्ठ सहित शाखामा कार्यरत अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।