Connect IPS
IME Life

बालबालिकाको क्षेत्रमा भरतपुर महानगरपालिका संवेदनशील छः प्रमुख रेनु दाहाल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बालबालिकाको क्षेत्रमा भरतपुर महानगरपालिका संवेदनशील रहेको बताएकी छिन् । प्रहरी नागरिक साझेदारी अभियान नेपालको भरतपुर–५ मा शनिबार आयोजित दोस्रो साधारणसभा तथा पहिलो अधिवेशनलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख दाहालले महानगरपालिकाले बालबालिका क्षेत्रमा धेरै काम गर्दै आइरहेको उल्लेख गरिन् ।

महानगरले बालबालिकालाई शिक्षाबाट बञ्चित नहुन परोस् भनेर अटिजम विद्यालय, पक्षघात भएकालाई भरतपुर २६ मा स्रोत केन्द्र सञ्चालनमा ल्याएको प्रमुख दाहालले बताइन् ।

Prabhu
Crest

यस्तै बुवा–आमा नभएका बालबालिकालाई सडकसम्म नआउन दिन महानगरले एसओएस स्कुललाई सिफारिस गरी निःशुल्क अध्ययनको व्यवस्था मिलाउने गरी महानगर र विद्यालयबीच सम्झौता भएको उनले बताइन् ।

प्रमुख दाहालले प्रहरी नागरिक साझेदारी अभियान नेपाल ९पिटुसिटु०ले सडकमा जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकालाई उद्धार गरी पुनःस्थापन गर्ने काम गरेकोप्रति उच्च प्रशंसा गरिन् ।

‘राज्यले एक्लै गर्नुपर्ने कार्य सबैको साथ सहयोगबाट भएको छ, उनले भनिन,‘भरतपुर महानगरबाट ठुलो सहयोग भएको छैन् । संवेदनशील र अवस्था अनुसार अझै बढी सहयोग गर्नुपर्छ ।यहाँहरु खुसी भएपनि म भने खुसी छैन ।’

प्रमुख दाहालले पिटुसिटुको विकासका लागि आगामी दिनमा महानगर तत्पर र अग्रसर रहने प्रविद्धता व्यक्त गरिन् ।

महानगरपालिकाले पिटुसिटुमा रहेका विगत ३ वर्षदेखि वार्षिक रुपमा प्रति बालबालिका रु ४० हजार सहयोग गर्दै आईरहेको छ । नेपालमै पहिलो पटक प्रहरी नागरिक साझेदारीमा ७ वर्षअघि सञ्चालनमा ल्याएको केन्द्रमा हाल ९ जना बालबालिका आश्रित छन् ।

भरतपुर महानगरपालिकाले यहाँका सुधार गृह तथा पुनःस्थापना केन्द्रलाई नियमन गर्न उपप्रमुखको संयोजकत्वमा कार्यविधि र मापदण्ड निर्माण गरी काम गर्दै आइरहेको प्रमुख दाहालले जानकारी दिइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्रहरीका महानिरीक्षक बसन्त बहादुर कुँवरले बालबालिकाहरु विश्वमै संवेदनशील र जोखिम मध्येको समूहमा पर्ने बताउ । पारिवारिक असम्झदारी, झगडा, कुनै देशबीच हुने युद्धका कारण सधै उच्च जोखिममा जाने हिंसा शोषण र दूरव्यवहार सहन बाध्य हुने गरेको उल्लेख गरे । उनीहरु नबोलेर पीडा व्यक्त गर्न सक्दैनन् भने व्यस्कले जस्तो विरोध गर्न पनि नसक्ने उनको भनाइ छ । त्यसैले राज्यको नीति निर्माण गर्ने तह यो विषयमा गम्भीर हुन जरुरी रहेको महानिरीक्ष कुँवरले बताए ।

पिटुसिटु कुनै पनि सडक बालबालिका सडकमा बस्न बाध्य हुन नपरोस् भन्ने उद्देश्यका साथ स्थापना गरिएको संस्था हो । कार्यक्रममा पिटुसिटु नेपालको स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा महानिरीक्षक कुँवरलाई साधारण सभा तथा अधिवेशनको अवसरमा सम्मान पनि गरिएको थियो ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष निर्देश सेढाईले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो भने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम संस्थाका अध्यक्ष बेलबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS