Connect IPS
IME Life

बजारमा करिब साढे ६ खर्ब नगद परिचालन, सरकारी कोषमा थुप्रियो पैसा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बजारमा नगद परिचालन साढे ३ प्रतिशत बढेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार बजारमा पुससम्म ६ खर्ब ४७ अर्ब ८१ करोड रुपैयाँ नगद परिचालन रहेको छ। गत असारसम्म बजारमा ६ खर्ब २५ अर्ब ७८ करोड रुपैयाँ नगद परिचालन थियो। यो हिसाबले पछिल्लो ५ महिनामा नगद परिचालन ३.५२ प्रतिशतले बढेको छ।

Prabhu
Crest

यो ६ महिनामा सरकारी कोष ३८०.८५ प्रतिशतले बढेको छ। गत असारसम्म सरकारी कोषमा ४५ अर्ब ८ करोड रुपैयाँ थियो। पुससम्म सरकारी कोषको आकार बढेर २ खर्ब १६ अर्ब ८१ करोड रुपैयाँको उचाइमा पुगेको छ।

पुससम्म राष्ट्र बैंकको रिजर्भमा ५ खर्ब १० अर्ब ४६ करोड रुपैयाँ रहेको छ। गत असारसम्म रिजर्भमा ४ खर्ब ६४ अर्ब ९५ करोड रुपैयाँ थियो।

आईएमएफसँग सम्बन्धित दायित्व ११ अर्ब ८८ करोड २९ लाख रुपैयाँ रहेको छ। अन्य दायित्व १ अर्ब ९८ करोड ५२ लाख रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS