काठमाडौं । विवाह ब्रतबन्ध, जन्मदिन लगायतका शुभ कार्यमा आफन्तलाई उपहार दिइने चलन वर्षौंदेखि चल्दै आएको छ । समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ । पहिला दैनिक घरमा आवश्यक सामग्री हरू उपहार दिइन्थ्यो । हाल जीवनकै अमूल्य उपहारका रुपमा बीमा पोलिसी दिइने चलन बढ्दै गएको छ ।
यसैबीच दक्षिण कोरियाबाट सन्तोष राईले आफ्नो छोरा सोनिष राईको जन्मदिन १० लाखको बीमा पोलिसी उपहारदिएका छन् । आफ्नो छोरा सोनिष राईको जन्मदिन माग १३ गते आमाछोरा दुबैको जोखिम बहन हुने नेशनल लाइफको बाल अमृत एक बीमा पोलिसी उपहार दिएका हुन् । उक्त पोलिसी नेशनल लाइफका बरिष्ठ अभिकर्ता नारायण सुवेदीले शाखा कार्यालय पर्साबाट हस्तान्तरण गरेका हुन् ।
जीवनमा आइपर्ने जोखिम बहन र बचत गर्ने उद्देश्यले जन्मदिनको अवसरमा आफ्नो छारालाई जीवन बीमा उपहार प्रदान गरेको बताए ।