IME Life
GBIME

लोयल्टी व्यवस्थापनका लागि फोनपोइन्ट्स र फोनपेबीच सम्झौता

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । फोनपोइन्ट्स प्रा.लि. र नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त नेपालको सबैभन्दा ठूलो भुक्तानी नेटवर्क रहेको भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिसेज लिमिटेडबीच लोयल्टी व्यवस्थापन कार्यका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा फोनपोइन्ट्सका प्रमुख कार्यकारी अधिकृत सागर पौडेल र फोनपेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले हस्ताक्षर गरेका छन् ।

यो सम्झौता माघ १० बुधवारदेखि लागु भएको हो । सम्झौताअनुसार फोनपे फोनपोइन्ट्सको इकोसिस्टममा लोयल्टी व्यवस्थापनका लागि सहभागी बन्नेछ । फोनपोइन्ट्सले पारस्परिक रूपमा फोनपे प्रयोगकर्तालाई प्रशासन, व्यवस्थापन, र लोयल्टी पोइन्टहरू र पुरस्कारहरू समाहित गर्दै व्यापक सेवाहरू प्रदान गर्नेछ ।

Crest

सम्झौता कार्यक्रममा फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले भने “ हामी लोयल्टी रिवार्ड व्यवस्थापनमा हाम्रो नयाँ साझेदारको रूपमा फोनपोइन्ट्सको साथ अगाडि बढ्ने यात्राको उत्सुकतापूर्वक आशा गरिरहेका छौ । हामी यो साझेदारीले ग्राहकको सन्तुष्टिमा उल्लेखनीय बृद्धि गर्ने आशा गर्दछौ ।”

फोनपोइन्ट्स र फोनपे बीचकोे यस सहकार्यले नेपालमा लोयल्टी कार्यक्रम व्यवस्थापनको भविष्यलाई आकार दिनको लागि महत्वपूर्ण फड्को मार्ने अपेक्षा गरिएको छ । दुबै कम्पनीहरू इनोभशनलाई बढावा दिन, ग्राहक सन्तुष्टि बढाउन र यस रणनीतिक साझेदारी मार्फत व्यापार इकोसिस्टमको वृद्धिमा योगदान गर्न समर्पित हुनेछन् ।

फोनपोइन्टस् एक रिवार्ड व्यवस्थापन प्लेटफर्म हो, जसले व्यक्ति र व्यवसायहरूलाई लोयल्टी कार्यक्रमहरूसँग संलग्न हुने तरिकामा क्रान्तिकारी परिवर्तन गर्ने लक्ष्य राख्छ । इनोभेशन, बहुमुखी प्रतिभा र विशिष्टतामा ध्यान केन्द्रित गर्दै फोन पोइन्टस्ले सबैका लागि रिवार्ड प्राप्त गर्ने अनुभवको व्यापक समाधान गर्दछ ।

फोनपे नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त नेपालको सबैभन्दा ठुलो भुक्तानी नेटवर्क हो,जसले भुक्तानी प्रणाली सञ्चालकको रूपमा सेवा गर्दछ । इन्टरअपरेबल नेटवर्कका साथ फोनपेले बैंकिङ र वित्तीय संस्थाहरू, डिजिटल वालेटहरू, उपभोक्ता र व्यापारीहरूलाई जोड्ने काम गर्दछ । फोनपेले ६० भन्दा बढि साझेदार, २ करोड बढि ग्राहक र १३ लाख मर्चेन्ट सहितको प्लेटफर्मले वित्तीय कारोबारका साथ क्युआर भुक्तानीको सेवा प्रदान गर्दै आएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS