काठमाडौं । शेयर बजार बुधबार पनि ओरालो लागेको छ। नेप्से परिसूचक आज १०.२५ अंकले घटेर २०८८.०४ को विन्दुमा बन्द भएको छ।
बजार घट्दा हिजोको तुलनामा कारोबार पनि घटेको छ। आज ३ अर्ब ८९ करोड रुपैयाँ बढी कारोबार भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनीमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ।
यस्ता छन् आज उच्च कारोबार भएका १० कम्पनी
- हिमालयन रिइन्स्योरेन्सः २५ करोड १५ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः १३ करोड ५ लाख रुपैयाँ
- अरुण काबेली पावरः १२ करोड १० लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः १२ करोड ६ लाख रुपैयाँ
- अपी पावरः १० करोड ८४ लाख रुपैयाँ
- गरिमा डिबेन्चर–२०८५ः ९ करोड ८१ लाख रुपैयाँ
- आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सः ९ करोड ८१ लाख रुपैयाँ
- सोनापुर मिनरल्सः ८ करोड २६ लाख रुपैयाँ
- सोल्टी होटेलः ८ करोड ७ लाख रुपैयाँ
- माउन्टेन इनर्जीः ७ करोड ५३ लाख रुपैयाँ