काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरेको छ । कम्पनीले पुस २० गते सम्पन्न २७औं वार्षिक साधारण सभाले पारित गरेको कर समेत ५ प्रतिशत नगद लाभांश वितरण गरेको हो । पुस २९ गतेदेखि सम्बन्धित शेयधरनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामा जम्मा गरिएको जनाएको छ ।
कम्पनीले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट ५ प्रतिशत नगद लाभांशसँगै १० प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव साधारण सभामार्फत पारित गरेको थियो । कम्पनीले हाल कायम चुक्तापूँजी ७ अर्ब २५ करोड ८१ लाख ७९ हजार रूपैयाँको आधारमा कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले पुस ८ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस ५ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको यस वर्षको लाभांश प्राप्त गर्नेछन् ।