Connect IPS
IME Life

राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता ८३ खेलाडी विद्यार्थी पुरस्कृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रपति रनिङ शिल्डमा भरतपुरको तर्फबाट पदक विजेता ८३ खेलाडी विद्यार्थीलाई मंगलबार पुरस्कृत र सम्मान गरिएको छ । पुस २७ र २८ गते सञ्चालन भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा भरतपुरले ५० पदक हात पार्दै प्रथम स्थान हासिल गरेको थियो ।

भरतपुरले १५ स्वर्ण, १८ रजत र १७ कास्य पदक जित्न सफल भएको थियो । १६ औँ राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता प्रथम, द्धितिय र तृतिय स्थान हासिल गर्ने विजेतालाई क्रमशः रु ५ हजार, ३ हजार र २ हजार प्राप्त गरेका छन्।

Prabhu
Crest

भरतपुर महानगरपालिकामा एक समारोहका बीच विजेता खेलाडी भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार राना र शैक्षिक महाशाखा प्रमुख महेन्द्र पौडेलले संयुक्त रुपमा पुरस्कृत र सम्मान गरेका थिए ।

समारोहलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख दाहालले प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरी सानदार जित हासिल गर्न सफल विजेता विद्यार्थीलाई बधाई तथा शुभकामना व्यक्त गरिन् ।

भरतपुरले प्रथम स्थान हासिल गरेपछि महानगरपालिकाको तर्फबाट विजेता खेलाडीलाई थप प्रोत्सहानका लागि पहिलो पटक पुरस्कारको व्यवस्था गरिएको प्रमुख दाहालले बताइन् ।

यसअघि भरतपुर महानगरपालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा पदक विजेता भएर आउने खेलाडीलाई नगरसभा समारोहमा पुरस्कृत गर्दै आइरहेको थियो।

प्रमुख दाहालले आगामी दिनमा हुने प्रदेश र संघीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उच्च मनोबलका साथ प्रर्दशन गरी उपाधि प्राप्त गर्न अग्रीम शुभकामना समेत व्यक्त गरिन् ।

भरतपुरले एथलेटिक्स र कराँँतेमा समान ६–६ स्वर्ण जित्दा भलिबलमा २ र तेक्वान्दोमा १ स्वर्ण हात पारेको थियो । यस्तै भरतपुरले १८ रजत र १७ कास्य पदक पनि जित्न सफल भएको थियोे । एथलेटिक्स ९ रजत जितेको भरतपुरले कराँँतेमा ८ र तेक्वान्दोमा १ रजत जितेको थियो भने १७ कास्य जितेको थियो ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा सम्पन्न प्रतियोगितामा सातै पालिकाबाट एक हजार ४०० बढी खेलाडी सहभागी थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS