Connect IPS
IME Life

सांग्रिला डेभलपमेन्ट बैंकको पौने २ लाख बढी कित्ता शेयर बिक्रीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको पौने २ लाख बढी कित्ता शेयर आज माघ ८ गतेबाट बिक्रीमा राखिएको छ।

बैंकको १ लाख ७६ हजार ४० कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। जसमा संस्थापक शेयरधनी इमानबहादुर गुरुङको नाममा रहेको १ लाख ७१ हजार १० कित्ता र नवराज गुरागाईंको नाममा रहेको ५ हजार ३० कित्ता संस्थापक शेयर रहेको छ।

Prabhu
Crest

यो शेयरमा संस्थापक शेयरधनीहरुबाहेकका अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। यसअघि संस्थापक शेयरधनीहरुका लागि बिक्री खुला गरिएकोमा खरिद आवेदन नपरेको बैंकले जनाएको छ।

अब इच्छुक लगानीकर्ताले १५ दिनभित्र आफूले लिन चाहेको शेयर संख्या खुलाई खरिद आवेदन दिनुपर्नेछ। खरिद आवेदन काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा दिन सकिनेछ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS