Connect IPS
IME Life

दोस्रो त्रैमासका आधारमा नबिल र ग्लोबल आइएमई बैंकलाई दाँजेर हेर्दा (इन्फोग्राफिकसहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं ।  नबिल बैंक र ग्लोबल आइएमई बैंक व्यवसाय र नाफामा एक अर्कालाई टक्कर दिने बैंकमा पर्दछन् । दुवै  बैंकले चालु आर्थिक वर्ष ८०/८१ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको अवस्थामा दुई बैंक बीच इन्स्योरेन्स खबरले प्रमुख वित्तीय सूचकलाई आधार मानेर गरेको तुलनात्मक अध्ययन :

Prabhu
Crest

 

चुक्ता पुँजी : नबिल बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड रहेको छ भने ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड रहेको छ ।

जगेडा कोष : नबिल बैंकको जगेडा कोषमा २७ अर्ब १६ करोड रहेको छ भने ग्लोबल आइएमई बैंकको जगेडा कोषमा २२ अर्ब १ करोड रहेको छ।

रिटेन्ड अर्निङ :  नबिल बैंकको रिटेन्ड अर्निङमा १ अर्ब ८ करोड रहेको छ भने ग्लोबल आइएमई बैंकको रिटेन्ड अर्निङ १ अर्ब २७ करोड ऋणात्मक रहेको छ ।

निक्षेप र कर्जा : बैंकहरूले प्रकाशन गरेको आर्थिक वर्ष ८०/८१को दोस्रो त्रैमासको वित्तीय विवरणको आधारमा नबिल बैंकले ४ खर्ब २८ अर्ब निक्षेप संकलन गरी ३ खर्ब ६२ अर्ब कर्जा प्रवाह गरेको छ भने ग्लोबल आइएमई बैंकले ४ खर्ब ५४ अर्ब निक्षेप संकलन गरी ३ खर्ब ६४ अर्ब कर्जा प्रवाह गरेको छ ।

खुद ब्याज आम्दानी : चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नबिल बैंकले ८ अर्ब २४ करोड खुद ब्याज आम्दानी गरेकोमा ग्लोबल आइएमई बैंकले ९ अर्ब २ करोड खुद ब्याज आम्दानी गरेको छ ।

संचालन नाफा : चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नबिल बैंकले ४ अर्ब ५६ करोड संचालन नाफा गरेकोमा ग्लोबल आइएमई बैंकले २ अर्ब ८४ करोड संचालन नाफा गरेको छ ।

खुद मुनाफा : आर्थिक वर्ष ८०/८१ को दोस्रो त्रैमासको वित्तीय विवरणका आधारमा नबिल बैंकले ३ अर्ब २० करोड खुद नाफा गरेकोमा ग्लोबल आइएमई बैंकले २ अर्ब ४ करोड खुद नाफा गरेको छ ।

किताबी मूल्य : नबिल बैंकको किताबी मूल्य २०४.४४ रुपैयाँ छ भने ग्लोबल आइएमई बैंकको किताबी मूल्य १५७.४० रुपैयाँ छ ।

वार्षिक प्रतिशेयर आम्दानी : वित्तीय विवरणका आधारमा नबिल बैंकको वार्षिक प्रतिशेयर आम्दानी २३.६८ रुपैयाँ छ भने ग्लोबल आइएमई बैंकको वार्षिक प्रतिशेयर आम्दानी ११.३१ रुपैयाँ छ ।

नोट : उपलब्ध तथ्यांकको आधारमा गरिएको विश्लेषण पूर्ण होइन, थप अनुसन्धान गरेर निर्णय लिनु होला ! माथिको समाचार शेयर कारोवार प्रयोजनका लागि होइन।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS