Connect IPS
IME Life

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा १ करोड १४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जीवन बीमा दावी भुक्तानीमा सर्वाधिक रकमको दावी भुक्तानी दिन सफल रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले पोखरा महानगरपालिका वडा नं. २ निवासी ईन्जिनियर विनोद पराजुलीको परिवारलाई जीवन बीमा दावी रकम भुक्तान गरेकोछ । कम्पनीको लेखनाथ शाखाबाट १ करोड बिमाङ्कको समुन्नति जीवन बीमा योजनाको बीमालेख खरिद गरेका थिए । उक्त वीमाशुल्क बापत ७ लाख रकम जम्मा गरेका पराजुलीको क्यान्सरका कारण देहवासन भएको थियो ।

कम्पनीका काठमाडौं तथा गण्डकी प्रदेशका बिजनेस हेड सरोज अधिकारी र लेखनाथ शाखा प्रमुख विष्णुहरी अधिकारीले पराजुलीको इच्छाइएको व्यक्ति उनकी धर्मपत्नी बविता सुवेदी पराजुलीलाई दावी रकम रू. १ करोड १४ लाख रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

Prabhu
Crest

उक्त कार्यक्रममा सिनियर एजेन्सी मेनेजर खेमराज भण्डारीले मृतक पराजुलीलाई बीमा गराउँदा र जीवन बीमाकै सकृय अभिकर्ताको रूपमा अगाडि बढाइ एमडिआरटी बनाउन सफलहुँदाका क्षणहरूको स्मरण गरेका थिए । बिजनेस हेड सरोज अधिकारीले बीमाको आवश्कता र महत्त्वका बारेमा प्रकाश पारेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

88%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

13%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS