IME Life
GBIME

दोस्रो त्रैमासमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको वित्तीय प्रदर्शन कस्तो ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म बैंकले १ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा १.५५ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

दोस्रो त्रैमाससम्म बैंकको खराब कर्जा अनुपात (एनपील) बढेर १.६० प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल ०.७२ प्रतिशत थियो। खराब कर्जालाई मेन्टेन गर्न बैंकले इम्पेयरमेन्ट चार्ज पनि बढेर ५ करोड १३ लाख रुपैयाँ छुट्याएको छ। अघिल्लो वर्ष बैंकले १६ करोड २७ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको थियो।

Crest

यो ६ महिनामा बैंकको खुद ब्याज आम्दानी पनि ७.५४ प्रतिशतले घटेर २ अर्ब ६३ करोड रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी २ अर्ब ८४ करोड रुपैयाँ थियो।

बैंकले समीक्षा अवधिसम्म २ अर्ब ४७ करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा २ अर्ब ५१ करोड रुपैयाँ थियो। बैंकको सञ्चालन मुनाफा पनि १.५० प्रतिशतले बढेको छ।

बैंकको निक्षेप संकलन र कर्जा प्रवाह दुवै घटेको छ। अघिल्लो वर्षको तुलनामा बैंकको निक्षेप संकलन घटेर १ खर्ब १५ अर्ब रुपैयाँ र कर्जा प्रवाह ७७ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकले १ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ७७ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

चुक्तापुँजी ९ अर्ब ४२ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार १०.२६ प्रतिशतले बढेर ८ अर्ब ८२ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ८ अर्ब २६ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म वितरणयोग्य मुनाफा १ अर्ब १३ करोड रुपैयाँ रहेको बैंकको वार्षिकीकरण प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ३६.६२ रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष ईपीएस ३७.१९ रुपैयाँ थियो। पीई रेसियो १४.३६ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ २०५.५८ रुपैयाँ रहेको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS