Connect IPS
IME Life

देशको आर्थिक अवस्थाले पत्रकारिता समस्यामा परेको होइनः अर्थमन्त्री डा.महत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं। अर्थमन्त्री डा.प्रकाशशरण महतले देशको आर्थिक अवस्थाले मात्र पत्रकारिता समस्यामा नपरेको स्पष्ट पारे। गोविन्द वियोगी स्मृति ट्रष्टद्वारा स्थापित गोविन्द वियोगी पत्रकारिता पुरस्कार हस्तान्तरण तथा वरिष्ठ पत्रकार सम्मान समारोहलाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने, पत्रकारिता समस्यामा पर्नुको मूल कारण सामाजिक सञ्जाल हो ।’

उनले भने, ‘सूचना प्रविधिको विकासले परम्परागत सञ्चारमाध्यम जोखिममा परेका छन् । हात–हातमा स्मार्ट फोन छ, त्यहाँ जसले जे पनि राख्न पाउँछ । कतिपय झुटा कुरा पनि सेयर भइरहेका हुन्छन् । हेर्दाहेर्दै त्यही कुरा मानिसलाई सत्य लाग्न थाल्छ । आम मानिसले गम्भीर कुरा चाहिँ पढ्न छाडे । मानिसहरु गहिराइमा जान छोडे, टिकटकमा रमाउन थाले । गहिराइमा पुगेर सत्य तथ्य बुझेर विचार बनाउने मानिसहरुले छाडे । यो अत्यन्तै खतरनाक हो ।’

Prabhu
Crest

बीपी कोइरालाले भनेका थिए, ‘जब सत्यको मुख बन्द हुन्छ, झुटोको थुतुनो चल्छ । अहिले सामाजिक सञ्जालबाट धेरैजसो झुटोको थुनुतो चलेको छ । सत्य बुझेकाहरु गाली खाइछ भनेर चुप लागेर बसेका छन्, मन्त्री डा.महतले भने, ‘सामाजिक सञ्जालमा मात्र निर्भर हुनुहुँदैन, मूलधारका सञ्चारमाध्यमलाई पनि अगाडि ल्याउनुपर्छ । परम्परागत सञ्चारमाध्यमको विश्लेषण हुन्छ, छलफल हुन्छ, जिम्मेवारी हुन्छ, निरन्तरता लिइराखेको हुन्छ, यसलाई मर्न दिनु हुँदैन ।’

प्रतिबन्धित अवस्थामा पनि निर्भिक भएर पत्रकारितामार्फत् आफ्नो कुरा राख्नु चानचुने कुरा नभएको उनले बताए। उनले विगतको पत्रकारिता स्मरण गर्दै लोकतान्त्रिक धारबाट होमनाथ दाहाल र वामपन्थीधारबाट मातृभूमि गोविन्द वियोगीले प्रकाशित गर्नुहुन्थ्यो । प्रत्येक साता यी दुई पत्रिका निस्केको दिन हेर्नैपर्ने बताए ।

दबाब र अप्ठ्याराका बाबजुद लोकतान्त्रिक मूल्य र मान्यता देशमा स्थापित गर्ने लक्ष्यका साथ उनी लागे, मन्त्री डा. महतले भने, ‘वियोगीजी सम्झिराख्नुपर्ने व्यक्तित्व थिए । त्यसअर्थ ट्रस्ट स्थापना भएको छ । यसको कार्यालय नुवाकोटमा रहेको छ, यसमा म अन्त्यै खुशी छु । ट्रस्टको विकास, गतिशीलता पत्रकारितासँग जोडिएको विषयवस्तुमा अन्तरक्रिया होस्, छलफल होस् । यो परिसरको पूर्णरुपमा उपयोग होस्, ट्रस्ट जीवन्त बनोस् ।’

विधिको शासन सुनिश्चित गर्नका लागि विषम परिस्थितिमा पनि निडर भएर उनले काम गरेको मन्त्री डा.महतले स्मरण गरे । उनले भने, ‘यसैका आधारमा आज हामीले स्वतन्त्रता उपभोग गरिरहेका छौं भन्ने कुरा हामीले बिर्सन मिल्दैन ।’

देशको आर्थिक अवस्था अप्ठ्यारा भएकाले कुनै पनि संघसंस्थालाई राज्यले सहयोग गर्न नसकेको उनले बताए । परिस्थिति सहज भएपछि संघसंस्थाको महत्वलाई बुझेर पुनः सहयोग उपलब्ध गराइने उनको भनाइ थियो ।

मन्त्री डा. महतले भने, ‘मैले अर्थमन्त्रालयको जिम्मेवारी लिँदा समस्याको पहाड थियो, बजेट व्यवस्थापनमा पनि धेरै खालका बिथिति थिए । त्यसलाई अर्डरमा ल्याउने चुनौति मेरो सामू थियो । बानी परिसकेपछि त्यसलाई छोडेर अर्को बाटो तय गर्नु एकदमै कठिन काम हुँदो रहेछ । त्यो बिथितिलाई एकै धक्कामा सफा गर्न पनि कठिन थियो । विस्तारै काम भइरहेको छ । दायित्वमाथि दायित्व सिर्जना हुँदै जाने, हिसाबकिताब नदेखिने अवस्थाको हामीले अन्त्य गर्दैछौं । यसबाट स्वार्थ समूह बेखुशी छन् । बजेट व्यवस्थापन विस्तारै सिस्टममा ल्याउँदैछौं ।’

‘समग्र अर्थतन्त्रमा बाह्य र आन्तरिक कारणबाट समस्याहरु थिए, कोभिड अगाडि र कोभिडका बेलामा धेरै ठूलो ऋण प्रवाह भयो, जुनबेला खर्च गर्न सक्ने ठाउँ नै थिएन । गलत समयमा धेरै ऋण प्रवाह भयो । लगानी गर्ने ठाउँ नभएपछि धेरै सेयर बजार जग्गा कारोबारमा भयो’, उनले भने, ‘यसलाई रोक्न कसिलो मौद्रिक नीति आयो । लगानीको प्रतिफल नआउँदा दायित्व बढ्यो, ब्याज वृद्धि भयो । त्यो बेला ऋण लिएका ऋणी समस्यामा छन् । यो समस्या अहिले मुख्य छलफलको विषय बनेको छ ।’

अब लिने र दिने दुवैले जिम्मेवारी लिनुपर्छ । अर्थात् केही समय दिने र ब्याजदर घटाउने मौद्रिक नीति आएको छ । यसले राहत पुगेको छ, मन्त्री डा. महतको भनाइ थियो ।

‘विस्तारै अर्थतन्त्र लयमा फर्किदैछ । जग्गा कारोबार चलायमान भएको छ, नेप्से परिसूचक उकालो लागेको छ । धेरै वर्षपछि उच्च संख्यामा पर्यटक भित्रिएका छन् । बाहिरबाट सिस्टममा प्रशस्त पूँजी प्रवाह भएको छ । आत्मविश्वास पनि विकसित हुँदै गएको छ’ मन्त्री डा. महतले भने, ‘आर्थिक वृद्धि पहिलेको तुलनामा बढ्छ, लगानीको नयाँ क्षेत्रको पहिचान गर्नुपर्छ । अर्थतन्त्रमा देखिएको अन्योल समाप्त हुँदैछ । सञ्चारकर्मी साथीहरुले सकरात्मक भाष्यलाई अगाडि बढाउनु हुनेछ । यसले आत्मविश्वास बढाउँछ ।’

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS