काठमाडौं । पछिल्लो समय विभिन्न उत्सव, जन्मदिन, विवाह, पास्नी लगायतका चार्डपर्वमा जिन्सी सामानहरु दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दो क्रममा रहेको छ ।
यसैबीच आफ्नो नाति कृतिक रानाको अन्नप्राशनको दिन नातिलाई बीमा पोलिसी उपहार दिएकी छिन् । हजुरआमा माया राना हरिनास ३ सेतीखोला निवास खेती किसान गरेर पनि अहिलेको लागी बीमा एकदम आवश्यक भन्दै बीमा पोलिसी उपहार स्वरुप दिएकी हुन ।
नातिको उच्च शिक्षा पढाइ खर्च वा बिबाहको लागी उपयोगी हुने हिसावले बमिा पोलिसी उपहार दिएको उनको भनाई छ । हिमालयन लाईफ इन्स्योरेन्स दुलेगौंडा तनहुँ शाखामा ६ वर्ष देखी कार्यरत अभिकर्ता एमडिआरटी क्षेत्र बहादुर थापाको उपस्थितिमा बीमा पोलिसी उपहार दिएकी छिन् ।
उनले हिमालयन लाइफ इन्स्योरेन्सको शाखा प्रबन्धक ओमकार नागिला लाइ सम्पर्क गरी आफ्नो नातिको पोलिसी उपहार स्वरुप दिन लगाएकी हुन् ।