IME Life
GBIME

ब्याज आम्दानी घट्दा माछापुच्छ्रे बैंकको नाफामा २१.४५%को संकुचन, वितरणयोग्य मुनाफा पनि ऋणात्मक

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्ने माछापुच्छ्रे पहिलो वाणिज्य बैंकको हो।

समीक्षा अवधिसम्म बैंकले ८० करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा २१.४५ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब २ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

Crest

दोस्रो त्रैमाससम्म बैंकको खराब कर्जा अनुपात (एनपील) बढ्दा ब्याज आम्दानी घटेको छ। समीक्षा अवधिमा बैंकको एनपीएल बढेर २.६२ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल १.४१ प्रतिशत थियो।

यो ६ महिनामा बैंकको खुद ब्याज आम्दानी ५.५६ प्रतिशतले घटेर २ अर्ब ६३ करोड रुपैयाँ खुम्चिएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको खुद ब्याज आम्दानी २ अर्ब ७९ करोड रुपैयाँ थियो।

खराब कर्जालाई मेन्टेन गर्न बैंकले इम्पेयरमेन्ट चार्जका रुपमा २३ करोड ८५ लाख रुपैयाँ छुट्याएको छ। अघिल्लो वर्ष ३० करोड ४२ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको थियो।

बैंकले समीक्षा अवधिसम्म १ अर्ब २७ करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा १ अर्ब ४७ करोड रुपैयाँ थियो। बैंकको सञ्चालन मुनाफा पनि १३.१९ प्रतिशतले घटेको छ।

बैंकको निक्षेप संकलन घटेको छ भने कर्जा प्रवाह बढेको छ। अघिल्लो वर्षको तुलनामा बैंकको निक्षेप संकलन १.१० प्रतिशतले घटेर १ खर्ब ५२ अर्ब रुपैयाँ र कर्जा प्रवाह २.९९ प्रतिशतले बढेर १ खर्ब २९ अर्ब करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकले १ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

चुक्तापुँजी ११ अर्ब ६२ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार २३.२७ प्रतिशतले बढेर ५ अर्ब ४४ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ४ अर्ब ४१ करोड रुपैयाँ थियो।

समीक्षा अवधिसम्म वितरणयोग्य मुनाफा २४ करोड ६९ लाख रुपैयाँले ऋणात्मक रहेको बैंकको वार्षिकीकरण प्रतिशेयर आम्दानी (ईपीएस) घटे १३.८६ रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष ईपीएस १७.६४ रुपैयाँ थियो। पीई रेसियो १४.६५ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ रहेको छ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS