काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ७ दशलमव २४ अंकले घटेर २,१५५ को विन्दुमा कायम भएको छ । आज ११२ कम्पनीको शेयर मुल्य बढेको छ भने १३३ कम्पनीको शेयर मुल्य घटेको छ । आज फाइनान्स, हाइड्रोपावर र अन्य उपसूचक बाहेक सबै उपसूचक घटेका छन् ।
आज सबैभन्दा धेरै चार कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज रिडी पावर कम्पनी, सिनर्जी पावर कम्पनी, माहुली लघुवित्त र गणपती लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सिइडिबी हाइड्रोका लगानीकर्ताले ९ दशलमव ८५ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ४३ प्रतिशतका दरले गुमाएका हुन् ।