काठमाडौं । आज शेयर बजार १२ दशलमव १० अंकले घटेर २,१६३ को विन्दुमा कायम भएको छ । आज ६३ कम्पनीको शेयर मुल्य बढेको छ भने १८० कम्पनीको शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै अन्य उपसूचक १ दशलमव ९४ प्रतिशतले बढेको छ ।
आज सबैभन्दा धेरै ग्लोबल आइएमई लघुवित्त र नेपाल वेयरहाउजिङ कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । हिमालयन रिइन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । गरिमा डिबेञ्चरका इकाईधनीले ९ दशलमव ८९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै इष्र्टन हाइड्रोपावर र भुगोल इनर्जीका लगानीकर्ताले गुमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।