काठमाडौं । शेयर बजार आज आइतबार ३१.६२ अंकले बढेको छ। नेप्से परिसूचक २१२०.६२ को विन्दुमा उक्लिएर बन्द भएको छ।
बजार बढ्दा २११ कम्पनीको शेयरभाउ बढेको छ भने ३३ वटाको शेयरभाउ घटेको छ। तीनवटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ। आज करिब साढे ५ अर्ब रुपैयाँबराबरको कारोबार भएको छ।
आज नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयरको सर्वाधिक कारोबार भएको छ।
यी हुन् आज उच्च कारोबार भएका १० कम्पनी
- नेपाल पुनर्बीमा कम्पनीः ३५ करोड ६८ लाख रुपैयाँ
- सोनापुर मिनरल्सः २४ करोड ३ लाख रुपैयाँ
- हाथवे इन्भेस्टमेन्टः ११ करोड ८३ लाख रुपैयाँ
- अरुण भ्याली हाइड्रोपावरः ११ करोड १४ लाख रुपैयाँ
- अरुण काबेली पावरः ११ करोड ६ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः १० करोड ८ लाख रुपैयाँ
- घोराही सिमेनटः ९ करोड ५४ लाख रुपैयाँ
- माउन्टेन इनर्जीः ९ करोड ४३ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः ८ करोड १३ लाख रुपैयाँ
- युनिभर्सल पावरः ७ करोड ८३ लाख रुपैयाँ