Connect IPS
IME Life

८ कम्पनीको साधारण सभा आज हुँदै, यस्ता छन् एजेण्डाहरु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आठ कम्पनीको साधारण सभा आज हुँदैछ । आज नेप्से, नेपाल बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, विपीडब्लु लघुवित्त, ज्योति विकास बैंक, आइसीएफसी फाइनान्स, दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेड र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको साधारण सभा आज पुस २९ गते हुँदैछ ।

नेपाल स्टक एक्सचेञ्जले ६४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ। शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश पारित गर्न नेप्सेले आज पुस २९ गते, आइतबार, आफ्नो कार्यालयमा ४२औँ वार्षिक साधारण सभा समेत बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुने जनाएको छ।

Prabhu
Crest

सभाले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने, आय व्यय, अन्य आय विवरण, इक्विटीमा भएको परिवर्तण सम्बन्धी विवरणनगद प्रवाह विवरण र सो सम्बन्धी भएको अन्य अनुसूचिहरुमाथि छलफल गरी पारित गर्नेछ ।

साथै, सभाले आर्थिक वर्ष २०८० /८१ को लागि लेखापरीक्षक नियुक्त गर्ने र नीजको पारीश्रमिक निर्धारण गर्ने, सिडिएसीको वित्तीय विवरण सहितको एकिकृत वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्ने जनाएको छ।

आइसिएफसी फाइनान्स लिमिटेडले आज पुस २९ गते २०औं वार्षिक साधारण सभा गर्ने भएको छ । पुस ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आम्रपाली ब्यांक्वेट, भटभटेनी, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस वर्ष कम्पनीले कर समेत ६ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार रूपैयाँको आधारमा नगद लाभांश वितरण गर्न लागेको हो । सभाले पारित उक्त प्रस्ताव गर्नेछ ।

सभाले सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना महिला सहित ३ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका विविध प्रस्ताव पारित गर्ने जनाएको छ ।

त्यस्तै, ज्योति विकास बैंक लिमिटेडले १६औं वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । सभा लिसारा रिसेप्सन नक्साल काठमाडौंमा बिहान ११ बजे शुरु गर्ने कम्पनीले जनाएको छ । कम्पनीले यस वर्ष कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यस्तै सभाले यस बैंकले अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुलाई गाभ्ने वा प्राप्ती गर्ने सन्दर्भमा आवश्कय सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौं वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । सभा होटल ले बगैचाको सभा हल जावलाखेल ललितपुरमा बिहान ११ बजे शुरु हुने जनाएको छ । कम्पनीको पुस ६ गते बसेको संचालक समितिको बैठकले उक्र सभाको मिति तय गरेको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेड र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले हकप्रद शेयर निष्काशनको विशेष प्रस्ताव अनुमोदनका लागि आज पुस २९ गते, आइतबार साधारण सभा आयोजना गर्ने भएका छन् ।

दोर्दी खोलाको साधारण सभा हिमशिखर पार्टी भेन्यू, चापागाउँमा बिान साढे ८ बजे शुरु हुनेछ भने राप्ती हाइड्रोको सभा नेवा ब्याम्बो कटेज, हरिसिद्धि, ललितपुरमा दिउँसो साढे २ बजे शुरु हुनेछ ।

दोर्दी खोलाको साधारण सभाले हकप्रद शेयर निष्काशन गर्ने मुख्य एजेण्डा पारित गर्नेछ । साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

त्यस्तै, राप्ती हाइड्रोको सभाले हकप्रद शेयर निष्काशन गर्ने मुख्य एजेण्डा पारित गर्नेछ । सभाले पनि प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले आज पुस २९ गते आफ्नो १४औं वार्षिक साधारण सभा गर्ने भएको छ । सभा मोरङ, विराटनगरस्ठित कञ्चनजंघा पार्टी प्यालेसमा हुने जनाएको छ । सभा बिहान ११ बजे शुरु गरिने बैंकको भनाई छ । बैंकको पुस ७ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै गत आर्थिक वर्षको नाफा, नोक्सान, हिसाव, नगद प्रवाह, वासलात लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ । सभाले चालु आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै सभाले यस बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्नरगाभिन वा प्राप्ति गर्न आवश्यक भएमा आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

नेपाल बैंक लिमिटेडले ६४औं वार्षिक साधारण सभा पुस २९ गते गर्ने भएको छ । सभा बैंकको प्रधान कार्यालय धर्मपथ काठमाडौंमा बिहान ११ बजे शुरु गर्ने जनाएको छ । बैंकको पुस ६ गते बसेको संचालक समितिको बैठकले उक्र सभाको मिति तय गरेको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छैन ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS