Connect IPS
IME Life

एशियन लाइफको सुर्खेत शाखाद्वारा २५ लाख २० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई दाबी भुक्तानी गरेको छ । कम्पनीको सुर्खेत शाखाले विरेन्द्रनगर नगरपालिका ६ सुर्खेतका मृतक बालराम अधिकारीको परिवारलाई मृत्यु दाबी वापत २५ लाख २० हजार ४ सय रुपैयाँको चेक हस्तान्तरण गरेको हो । उक्त शाखाले स्व. निजको श्रीमति भिमा कडेललाई उक्त रकम वापतको चेक दिइएको हो ।

वर्ष ४८ का बालराम अधिकारी बिरामी परेर मृत्यु भएको थियो । उक्त रकमको चेक सुर्खेत शाखाका उप क्षेत्रिय प्रबन्धक वीर बहादुर भण्डारी तथा मार्केटिङ अफिसर निर्मला पाठक साथै सिनियर एजेन्सी म्यानेजर लोक प्रसाद ढकाल, प्रवेशमान मानन्धर, कवीराज कंडेल, अन्य अभिकर्ता र सुर्खेत शाखाका कर्मचारीको उपस्थितीमा दिइएको हो ।

Prabhu
Crest

शाखाका उप क्षेत्रिय प्रबन्धक वीर बहादुर भण्डारीले बीमाको महत्व तथा आवश्यक्ताको बारेमा जानकारी दिएका थिए । साथै उनले आजको दिनमा बीमा एक आधारभुत रहेको हुनाले आफुले कमाएको केही अंश बीमा गर्नुपर्ने बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS