काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ९ दशलमव ५० अंकले बढेर २,०८९ को विन्दुमा कायम भएको छ । आज सात पसूचक टेका छन् भने बाँकी बढेका छन् । आज ११८ कम्पनीको शेयर मुल्य बढेको छ भने ११८ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्त र हिमालयन रिइन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजीङका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै छिमेक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशलमव ९५ प्रतिशतका दरले गुमाएका हुन् ।