GBIME
IME Life

 सानिमा बैंकका ग्राहकले निर्णायक ल्यावमा ४०% सम्म छुट पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । दमकको निर्णायक रेफेरेन्स ल्याव प्रालिमा सानिमा बैंकका ग्राहकहरुले स्वास्थ्य परिक्षण गर्दा ४० प्रतिशतसम्म छुट पाउने भएका छन् । ल्याव र सानिमा बैंक दमकबीच मंगलबार छुटसम्बन्धि सम्झौता भएको छ ।

निर्णायक ल्यावका कार्यकारी निर्देशक कृष्ण कार्की र सानिमा बैंक दमक शाखाका म्यानेजर अजय कुमार यादवबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार अव सानिमा बैंकका ग्राहकहरुले निर्णायक ल्यावमा जुनसुकै स्वास्थ्य परिक्षण गराउँदा १० देखि ४० प्रतिशतसम्म छुट पाउनेछन् ।

SKYWELL
Crest

सानिमा बैंकका भिषा कार्ड, क्रेडिक कार्ड, मोवाइल तथा इन्टर्नेट बैंकिङ लगायतका डिजिटल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले छुटको सुबिधा पाउने छन् । जुनसुकै स्वास्थ्य परिक्षण गराउँदा १० देखि ३० प्रतिशत र होलबडीका प्याकेज गर्नेहरुलाई २० देखि ४० प्रतिशत छुट दिइने ल्यावका कार्यकारी निर्देशक कृष्ण कार्कीले जानकारी दिए । कार्कीका अनुसार सानिमा बैंकका देशैभरीका डिजिटल बैंकिङ प्रयोग गर्नेहरुले यो छुटको सुबिधा पाउने छन् ।

निर्णायक ल्याव दमककै एकमात्र अत्याधुनिक मेशिनहरु भएको रेफेरेन्स ल्याव हो । दमक शाखा सानिमा बैंकका शाखाहरुमध्ये एक ठुलो शाखा हो ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS