Connect IPS
IME Life

अशोकले आफ्नो जन्मदिनमा छोरालाई दिए १५ लाखको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पछिल्लो समय बीमा पोलिसी उपहारको रुपमा दिने प्रचलनले प्राथमिकता पाउँदै आइरहेको छ । चार्डपर्व, विवाह, उत्सव, ब्रतबन्ध, जन्मउत्सव लगायतका विभिन्न पर्वहरुमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । यसैबीच बैतडी जिल्लाको तल्लो स्वाराड मुल घर भएका अशोक चन्द (हालको बसाइँ भिमदत्तनगरपालिका ६ सुकासाल) ले आफ्नो जन्मदिनमा छोरालाई बीमा पोलिसी उपहार दिएका छन् ।

उनले नेशनल लाइफ इन्स्योरेन्स कम्पनी महेन्द्रनगरबाट बाल अमृत १ सावधिक बीमा पोलिसी योजना उपहार दिएका हुन् । उनले छोरा आदित्य चन्दका लागि १५ लाख बीमाङ्क रकमको १५ बर्षे बीमालेख उपहार स्वरुप दिएका हुन् ।

Prabhu
Crest

महेन्द्रनगर शाखाका कर्मचारी कृष्ण सिह ठगुन्ना र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख व्यवसाय प्रबन्धक राजेन्द्र बहादुर चन्दको उपस्थितिमा छोरालाई उक्त पोलिसी हस्तान्तरण गरेका हुन् ।

शाखाका प्रबन्धक राजेन्द्र बहादुर चन्दको सल्लाहमा उनले छोरालाई बीमा लेख उपहार दिएका हुन् । अशोक चन्दले भने, साथिभाई जमघट भई खान पिन गरेर मनाईने जन्मदिन यस पटक भने फरक किसिमले मनाउन पाउदा निकै राम्रो लागेको छ । भोलिका दिनमा छोराको पढाइमा पनि आर्थिक रुपले सहयोग पुग्ने उनको विश्वास छ ।

बीमा गराउदा आफ्नो आम्दानी र बचतका आधारमा गर्न सकिने भएकोले सबैले आफ्नो बीमा गर्नु राम्रो रहेको उनको भनाई छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा बीमा गराउन पाउदा आफु निकै खुसि भएको उनले बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS