Connect IPS
IME Life

डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद समाधान गर्न सरकारले गठन गर्यो छानबिन आयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सरकारले डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद समाधानका लागि छानबिन आयोग गठन गरेको छ।

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा तीन सदस्य छानबिन आयोग गठन गरेको हो। आयोगका सदस्यमा उर्जा मन्त्रालयका सहसचिव र उद्योग मन्त्रालयका सहसचिव जीवलाल भुसाल छन्।

Prabhu
Crest

लोडसेडिङका बेला केही उद्योगले प्रिमियम शुल्क लाग्ने डेडिकेटेड र ट्रंक लाइनबाट बिजुली प्रयोग गरेका थिए। तर, बिलमा प्रिमियम रकम छुटेको भन्दै नेपाल विद्युत् प्राधिकरणले छुट बिलको बक्यौता महसुल भुक्तानी गर्न पत्र काटेपछि विवाद चर्केको छ। प्राधिकरणले ५८ उद्योगबाट १० अर्ब १४ करोड रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको भन्दै तिर्नका लागि पत्र काटेको थियो।

महसुल नतिरेको भन्दै प्राधिकरणले विभिन्न उद्योगको लाइन काटिदिएको छ। लाइन काटिदिएको कतिपय ठाउँमा उद्योगी–व्यवसायी विरोधमा उत्रिएका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS