काठमाडौं । दोस्रो बजारमा सोमबारदेखि अर्को नयाँ ब्रोकर कम्पनीको रुपमा बेनी सेक्युरिटिज प्रालिको प्रवेश भएको छ । बेनी सेक्युरिटिज प्रा.लि (ब्रोकर नम्बर ९३) ले नेपाल स्टक एक्सचेन्जबाट आधिकारीक रुपमा गत कात्तिक २९ गते सदस्यता प्रदानगरेसंगै कम्पनी सञ्चालनमा आएको हो ।
बानेश्वरको रुद्रमति मार्गमा रहेको यस कम्पनीले औपचारिक रुपमा सोमबारदेखि कारोबार सुरु गरेको हो । लगानीकर्ताको बढ्दो मागलाई मध्यनजर गर्दै शेयर कारोवारका लागि सञ्चालनमा ल्याएको बेनी सेक्युरिटिज कम्पनीको चुक्तापूँजी बिस करोड रहेको छ । कम्पनीले आफ्नो नाम जस्तै सेवापनि सजिलो रुपमा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
खुला अर्थनीति र पुँजी बजारको चरित्रका आधारमा ब्रोकर लाइसेन्स सबैको लागि खुला राख्ने नीति ल्याएसंगै नयाँ ब्रोकर कम्पनीले कारोबारको अवसर पाएका हुन्।