Connect IPS
IME Life

वर्ष २०२३ मा १६ लाख नेपाली गए विदेश, रोजगारीका लागि विदेशिने बढी, कुन देशमा कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सन् २०२३ मा विभिन्न प्रयोजनका लागि १६ लाख बढी नेपालीमा विदेशिएका छन्।

अध्यागमन विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२३ कुल १६ लाख ३ हजार ८३६ नेपाली विदेशिएका हुन्। जसमा ११ लाख ७१ हजार १८६ जना पुरुष र ४ लाख ३२ हजार ५८४ जना महिला छन्।

Prabhu
Crest

रोजगारीका लागि विदेशिनेको संख्या सबैभन्दा बढी रहेको विभागले जनाएको छ। यो १ वर्षको अवधिमा नेपालबाट ८ लाख ८ हजार ४१५ जना रोजगारीका लागि विदेशिएका छन्। जसमा ७ लाख २३ हजार ७८९ जना पुरुष र ८४ हजार ६०४ जना महिला छन्।

1

यसैगरी पर्यटन तथा धार्मिक यात्रामा २ लाख ४ हजार ५१८ जना नेपाली विदेश पुगेका छन्। विदेशमा रहेका आफ्ना परिवार र आफन्तलाई भेट्न विदेश पुग्नेको संख्या पनि १ लाख ६७ हजार ४८५ रहेको छ।

यो १ वर्षको अवधिमा अध्ययनको सिलसिलामा १ लाख ८ हजार ५४२ नेपाली विद्यार्थी विदेश गएको विभागको तथ्यांकले देखाउँछ। जसमा ५९ हजार ९७८ जना छात्र र ४८ हजार ५६२ जना छात्रा छन्।

कुन देशमा कति पुगे नेपाली ?

सन् २०२३ मा स्थायी रुपमै बसोबार गर्न विदेश पुग्नेको संख्या ७० हजार ९१५ रहेको छ। जसमा ३६ हजार ६६३ जना पुरुष र ३४ हजार २५१ जना महिला छन्।

सन् २०२३ मा यूएईमा सबैभन्दा धेरै नेपाली पुगेका छन्। यो देशमा २ लाख ७१ हजार ८८ जना नेपाली पुगेका छन्।

यसैगरी यो वर्ष भारत जानेको संख्या १ लाख ८० हजार ६०२ रहेको छ। कतार पनि १ लाख ७९ हजार ४४१ जना नेपाली पुगेका छन्।

2

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS