काठमाडौं । प्रभु इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्चित बज्राचार्य नियुक्त भएका छन्।
कम्पनी सञ्चालक समितिको बैठकले बज्राचार्यलाई सीईओ नियुक्त गरेको हो। उनको नियुक्ति आउँदो माघ १ गतेदेखि लागू हुने कम्पनी सचिव अरबिन्दकुमार कर्णले बताए।
बीमा ऐन २०७९ को दफा ५७ (१) बमोजिम बज्राचार्यलाई सीईओ नियुक्त गरिएको सचिव कर्णद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। उनको कार्यकाल ४ वर्षको हुनेछ।
बज्राचार्यसंग बीमा क्षेत्रकोे करिव दुई दशकको कार्यअनुभवका साथै बिभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुमा गरि ३० वर्ष भन्दा बढिको कार्यअनुभव रहेको छ ।
बीमा तथा अर्थ जगतका कुशल तथा दक्ष व्यक्तित्व रहेका बज्राचार्यले त्रिभुवन बिश्वबिद्यालयबाट एमबिए गरेका छन् ।