IME Life
GBIME

दुई कम्पनीको साधारणसभा आज हुँदै, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । ईङवा हाइड्रोपावर लिमिटेड र ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आज साधारण सभा गर्दछन् । ग्लोबल आइएमई क्यापिटलले १६औं वार्षिक साधारण सभा आज पुस २२ गते कम्पनीको रजिष्टर्ड कार्यालय लक्ष्मणबाबु भवनको पहिलो तल्ला नक्सालमा उक्त दिन बिहान ९ बजे गर्ने जनाएको हो ।

सभाले आर्थिक वर्ष २०७९/८० को वाषिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Crest

त्यस्तै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीसम्बन्धी संशोधन प्रस्ताव गर्ने र उक्त संशोधनमा नियमनकारी निकायले संशोधन, परिवर्तन वा थपघट गर्न सुझाव वा निर्देशन दिएमा सो अनुसार आवश्यक संशोधन वा परिवर्तन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्ने छ ।

त्यस्तै, ईङवा हाइड्रोपावर लिमिटेडले चौधौं वार्षिक साधारण सभा पुस २२ गते गर्ने भएको छ । सभा बानेश्वर ब्याक्वेट थापागाउँ काठमाडौंमा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ ।

सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आथिृक वर्षको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै सभाले सञ्चालकहरुको निर्वाचन गर्ने सम्बन्धी र आयोजना निर्माणका लागि लिएका कर्जाहरु अनुमोदन तथा थप कर्जा आवश्यक परेमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।

सभाले प्रबन्ध्पत्र तथा नियमावलीको प्रस्तावित संशोधननमा नियमनकारी निका वा कार्यालयबाट कुनै फेरवदल गर्न सुझाव भएमा सो अनुसार आवश्यक गर्न सञ्चालक समितिलाई अख्तियारी दिन स्वीकृती प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १३ गते बुक क्लोज गरेको थियो ।यस बुक क्लोजको आधारमा पुस १२ गते सम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS